काठमाडौँ, साउन २१ :
सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको छ ।
सूदुरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँसमक्ष काँग्रेस र एमालेका सदस्यहरुको हस्ताक्षरसहितको दावी पेश गर्नुभएको हो ।
काँग्रेस र नेकपा (एमाले) बिच प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्ने सहमति बनेपछि उहाँ फेरि मुख्यमन्त्री बन्न लाग्नुभएको हो ।
प्रदेश प्रमुख मियाँले संविधान धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि आज बेलुका ५ बजेसम्म दाबी पेस गर्न समय सीमा तोक्नुभएको थियो । शाहलाई नेपाली काँग्रेस र एमालेसहित नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन रहनेछ ।।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै