शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

जिप दुर्घटनामा दुईको मृत्यु, ३ जना घाइते

· शनिबार, ११ कात्तिक, २०८१ मा प्रकाशित
जिप दुर्घटनामा दुईको मृत्यु, ३ जना घाइते
दाङ, कात्तिक ११ :

दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु  भएको छ भने ३ जना गम्भिर घाइते भएका छन्  ।

दुर्घटनामा  जिप चालक  दंगीशरण गाउँपालिका ४ बैबाङका २२ वर्षीय हिरामणि बुढामगर र कपुरकोट गाउँपालिका ६ बस्ने १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनीहरु दुबै जनाको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिहान साढे ६ बजेतिर मृत्यु भएको हो ।  यस्तै दुर्घटनामा परी घाइते  हुनेमा  कपुरकोट गाउँपालिका ६ बस्ने ३१ वर्षीया देवा वली,उनका १३ वर्षीय छोरा १३ महेश वली र १० वर्षीय छोरा १० जीवन वली रहेको प्रहरीले जनाएको छ ।

रोल्पा कोइलाबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप जिप आझ बिहान करिब ४ बजेतिर राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका ३ साततलेमा दुर्घटना भएको हो ।

जिप सडकदेखि करिब ३ सय मिटर तल खसेको छ । गाडीमा चालकसहित ५ जना सवार रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार