शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

प्नचण्डको नेतृत्वमा नेकपा माओवादी केन्द्रको खबरदारी सभा आज

· शनिबार, ११ कात्तिक, २०८१ मा प्रकाशित
प्नचण्डको नेतृत्वमा नेकपा माओवादी केन्द्रको खबरदारी सभा आज
काठमाण्डौं, कात्तिक ११ :

नेकपा माओवादी केन्द्रले आज खबरदारी सभा आयोजना गर्दैछ ।

खबरदारी सभा काठमाण्डौंको भृकुटीमण्डपमा गरिदैछ । बागमती प्रदेश,उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शन सहित खबरदारी सभाको आयोजना गरिएको हो ।

आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिईएको छ ।  काठमाडौँ मलमा जम्मा भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा  जुलुस भद्रकाली,सहिद गेट हुँदै रत्नपार्क,बागबजार,प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा पुगेर खबरदारी सभामा परिणत हुने सो पार्टीले जनाएको छ ।

कांग्रेस र एमाले मिलेर असारमा सरकार बनाएपछि सत्ताबाट बाहिरिएको माओवादीले वर्तमान सरकारको सय दिन असफल रहेको निष्कर्ष निकालेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार