बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
राजनीति भिडियो

एमालेका उपलब्धिबारे सही सूचना प्रवाह गर्दै पार्टीविरुद्धका भ्रम र अफवाह चिर्नुपर्छ : वरिष्ठ नेता भण्डारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ दिन अगाडि प्रकाशित
एमालेका उपलब्धिबारे सही सूचना प्रवाह गर्दै पार्टीविरुद्धका भ्रम र अफवाह चिर्नुपर्छ : वरिष्ठ नेता भण्डारी
काठमाडौं, कात्तिक १८ :

नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छन् ।

बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै भण्डारीले एमालेले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही जानकारी प्रवाह गर्दै पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताइन् । 

एमाले मुलुकमा लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको प्रमुख राजनीतिक दल भएको उनले बताइन् । पूर्वराष्ट्रपति समेत रहेकी भण्डारीले मुलुकको विकासमा प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप र उद्यमशीलताको महत्त्वपूर्ण भूमिका रहने धारणा राखिन् । 

उनीहरूको लगानीलाई स्वदेशी निजी क्षेत्रसँग जोडेर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा प्रोत्साहित गर्नुपर्ने भन्दै उनले यसका लागि सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गरिन् ।

साथै उनले नेपाल र प्रवासी नेपालीहरू बसेका मुलुकहरूबीच आपसी समझदारी, मित्रता र सहकार्य अभिवृद्धि गर्न उनीहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताइन् । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन तथा उनीहरूको उचित पारिश्रमिक, कानुनी अधिकार, स्वास्थ्य, दुर्घटना बीमा र सामाजिक सुरक्षाको प्रत्याभूति गर्न राज्यले विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार