काठमाडौं, कात्तिक १७ :
नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्को बैठक तत्काल बोलाउन आग्रह गरेका छन् । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग आज भेटी उनले समसामयिक राजनीतिक विषयमा छलफल गर्नुपर्ने भन्दै बैठक बोलाउन आग्रह गरेका हुन् ।
अध्यादेशमार्फत विषयहरू अघि बढाउनु लोकतन्त्रको मर्मअनुकूल नहुने उल्लेख गर्दै नेता आङ्देम्बेले भोटेकोशी बाढी प्रभावितका विषयमा पनि सभामा छलफल गर्नुपर्ने आवश्यकता औँल्याए ।
आजै सभामुख अर्यालसँग नेकपा (एमाले) संसदीय दलका उपनेता पद्मा अर्याल र गुरु बरालले भेट गरे । सभामुखको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै