बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
राजनीति

लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ दिन अगाडि प्रकाशित
लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त
काठमाडौं, कात्तिक १७ :

सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले इन्जिनियर पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिएको छ ।

पाण्डे संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका इन्जिनियर हुन् । उनले सहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्याङ्कनका क्षेत्रमा काम गर्दै आएका छन् ।

पाण्डेले काठमाडौँ महानगरपालिकामा सन् २०२२ सेप्टेम्बरदेखि २०२६ जनवरीसम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए । महानगरपालिकामा रहँदा उनले भवन निर्माणको संरचनागत सुरक्षा, अग्ला भवनहरूको प्राविधिक मूल्याङ्कन, भवन नक्साको समीक्षा तथा नेपाल राष्ट्रिय भवन संहिताअनुसार मापदण्ड पालना गराउन काम गरेका थिए ।

त्यसअघि उनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सन् २०२० देखि २०२२ सम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए । त्यहाँ रहँदा उनी भवन निर्माणसम्बन्धी प्राविधिक मापदण्डको परीक्षण, इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टमको सुधार तथा स्थानीय तहका प्राविधिक कर्मचारी र परामर्शदातालाई तालिम प्रदान गर्ने काममा संलग्न थिए ।

त्यस्तै, उनले सन् २०१७ देखि २०१९ सम्म बुटवल उपमहानगरपालिकामा पनि संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए । उक्त अवधिमा भवनको संरचनागत डिजाइन परीक्षण, सार्वजनिक पूर्वाधारको प्राविधिक निरीक्षण तथा भवन निर्माणसम्बन्धी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा योगदान दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार