बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
राजनीति

पत्रकार धरपकडबारे मन्त्री पोखरेल भन्छन्- संवेदनशील सूचना चुहावटसम्बन्धी विषयमा सोधपुछ मात्रै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ दिन अगाडि प्रकाशित
पत्रकार धरपकडबारे मन्त्री पोखरेल भन्छन्- संवेदनशील सूचना चुहावटसम्बन्धी विषयमा सोधपुछ मात्रै
काठमाडौं, कात्तिक १७ :

शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकारमाथि भएको धरपकडबारे प्रधानमन्त्री तथा सरकारलाई पूर्वजानकारी नरहेको बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता पोखरेलले पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारलाई पहिले नै जानकारी नभएको स्पष्ट पारेका हुन् ।

उनका अनुसार पत्रकारमाथि धरपकड भएको जानकारी पाउनासाथ प्रधानमन्त्रीले उनीहरूलाई हिरासतमा नराख्न र तत्काल रिहा गर्न निर्देशन दिएका थिए ।

यसअघि पत्रकारलाई नियन्त्रणमा लिइएको विषयमा अनभिज्ञता जनाएका प्रवक्ता पोखरेलले पत्रकारहरूलाई गिरफ्तार वा नियन्त्रणमा लिइएको नभई संवेदनशील सूचना चुहावटसम्बन्धी विषयमा बुझ्नका लागि मात्र सोधपुछ गरिएको बताएका छन् ।

उनले घटनाका क्रममा कुनै गैरकानुनी कार्य भएको भए वा गृह मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने अवस्था देखिएमा मन्त्रालयले आवश्यक थप कारबाही गर्ने पनि बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार