काठमाडौं, कात्तिक १७ :
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल आजदेखि बिदा बसेका छन्। विवादमा मुछिएका उनी प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई स्वीकृत गराएर चार दिनको लागि उनी बिदामा बसेका हुन्।
न्यायाधीश फुयाल र बिचौलियाको रुपमा परिचित इनम सापकोटाबीचको कुराकानीको स्क्रिनसट बाहिरिएपछि फुयाल बिवादमा तानिएका हुन्। उनले २० गतेसम्मको बिदा स्वीकृत गराएको हुँदा त्यस दिनदेखि तिहारको बिदा सुरु हुने हुँदा फुयालको बिदा कात्तिक २७ गतेसम्म लम्बिने देखिएको छ।
सर्वोच्चको सोमबार बसेको फुलकोर्टले विचौलिया इनम सापकोटासँग न्यायाधीश फुयालको नाम जोडिएको विषयमा निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरिसकेको छ। सापकोटा हाल सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि हिरासतमा रहेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै
गगन थापा भन्छन् : कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुका पनि आर्थिक लेनदेन भएको छैन
इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा कसरी पुग्यो?