बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
राजनीति

कांग्रेसले १५औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अयोगमा बुझायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ दिन अगाडि प्रकाशित
कांग्रेसले १५औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अयोगमा बुझायो
काठमाडौं, कात्तिक १६ :

नेपाली कांग्रेसले १५औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अध्यावधिकका लागि निर्वाचन आयोगमा बुझाएको छ ।

सोमबार महामन्त्री प्रदिप पौडेल नेतृत्वको टोली निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्ण प्रसाद काप्रीलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको अध्यावधिक विवरण बुझाएको हो । महामन्त्री पौडेलले कांग्रेसको विधान संशोधन सम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज ,समसामयिक राजनीतिक दस्तावेज, महाधिवेशनको निर्णय बुझाएका हुन् ।

आयोगमा अध्यावधिक विवरण बुझाएपछि महामन्त्री पौडेलले पुरानो केन्द्रीय कार्यसमिति परिवर्तन भइसकेपछि, पार्टीको विधान र दफा ५१ अनुसार आयोगमा अध्यावधिक गर्नुपर्ने व्यवस्था अनुसार नयाँ निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगमा अध्यावधिक गरिएको जानकारी दिए ।

उनले कांग्रेसलाई समेत जोडेर हाल उठाइएका विभिन्न विषयहरू र सरकारसँग जोडिएका प्रश्नहरूलाई गहिराइमा पुगेर छानबिन गर्नुपर्ने र सत्यतथ्य बाहिर ल्याउनुपर्ने स्पष्ट पारे ।

उनले कांग्रेस सधैँ लोकतन्त्रको रक्षा गर्दै आएको र विधि, संस्थागत पद्धति तथा कानुनी शासनको पालना गर्ने पार्टी रहेको धारणा राखे।

सरकार ढाल्ने वा निर्वाचित सरकारलाई असहयोग गर्ने उद्देश्य नरहेको स्पष्ट गर्दै उनले राम्रा कामलाई समर्थन गर्ने र गलत विषयमा प्रश्न उठाउने नीति लिइएको स्पष्ट पारे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार