बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा #गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा
राजनीति

जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

समिति सदस्यहरुले स्वार्थ बाझिने विषयमा प्रश्न उठाएका थिए ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ दिन अगाडि प्रकाशित
जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए
काठमाडौं, कात्तिक १६ :

जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापाले राजदूतको संसदीय सुनुवाइ तथा नियुक्ति प्रक्रियाबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको आजको बैठकमा सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत थापाले समितिलाई सम्बोधन गरी पठाएको पत्रमा उनले नाम फिर्ता लिएको विषयबारे जानकारी गराएका थिए ।

उक्त देशमा राजदूत नियुक्ति भएर जाँदा स्वार्थ बाझिने विषय संसदीय सुनुवाइ समितिमा उठेपछि थापाले आफ्नो नाम फिर्ता लिएका हुन्। गत असोज २८ गते उनको संसदीय सुनुवाइ भएकामा त्यस अवसरमा समिति सदस्यहरुले स्वार्थ बाझिने विषयमा प्रश्न उठाएका थिए ।

सभापति श्रेष्ठले उच्च नैतिकता प्रदर्शन गर्दै नाम फिर्ता लिएको भनी समितिका तर्फबाट प्रस्तावित राजदूत थापाप्रति धन्यवाद ज्ञापन गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार