बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
समाचार राजनीति

कांग्रेस सभापति गगन कुमार थापाले आज विशेष सम्बोधन गर्नुहुने

आजै केन्द्रीय कार्यसमितिको बैठक पनि बस्दै
सक्रिय न्युज · ४ दिन अगाडि प्रकाशित
कांग्रेस सभापति गगन कुमार थापाले आज विशेष सम्बोधन गर्नुहुने
काठमाडौं, कात्तिक १५ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्दैछन्।

१५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि सभापति थापाले पहिलो पटक पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तथा आन्तरिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लाग्नुभएको हो।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय श्रोतका अनुसार आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा सभापति थापाले विशेष सम्बोधन कार्यक्रम आयोजना गरिएको छ। उनले सम्बोधन गर्नु अघि प्रमुख पदाधिकारीहरुसँग छलफल पनि गर्ने जनाइएको छ ।

पार्टीभित्र १५औँ महाधिवेशन सम्पन्न भएपछिको पछिल्लो सांगठनिक अवस्था, केन्द्रीय कार्यसमितिको तात्कालिक कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा काङ्ग्रेसको भूमिकाबारे सभापति थापाले आफ्नो दृष्टिकोण प्रस्ट पार्ने बुझिएको छ।

यसैगरी आजै  केन्द्रीय कार्यसमितिको बैठक पनि बस्दैछ ।

पार्टीका कार्यवाहक मुख्य सचिव दुलालद्वारा जारी सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार