शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

स्करपियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु, पाँच घाइते

· बिहीबार, ९ कात्तिक, २०८१ मा प्रकाशित
accident-nepali
कपिलवस्तु , कात्तिक ९ :

कपिलवस्तुमा स्करपियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । 

आज बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

वृद्धभत्ता लिन लक्ष्मी सनराइज बैङ्क जाँदै गर्दा बा प्र- ०१- ०२९च ९१५० को स्करपियोले लु १ ह ३०९२ नम्बरको अटोलाई बैङ्क अगाडि ठक्कर दिएको थियो । 

दुर्घटनामा सोही नगरपालिका वडा नं. १० जनकपुर बस्ने  ७० वर्षकी सरस्वती पासीको मृत्यु भएको हो ।

घाइते हुनेमा विद्यावती पासी, भानमती पासी, जवाहिर अहिर अटो चालक लोकबहादुर कुँवर र एक जना नाम नखुलेका पुरुष रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार