बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ कात्तिक, २०८३ मा प्रकाशित
नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त
काठमाडौं, कात्तिक ६ :

नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा बिहीबार गएको ७.० म्याग्निच्युडको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । उक्त भूकम्पमा परी १६ जनाको मृत्यु, दर्जनौँ व्यक्ति घाइते हुनुका साथै सम्पत्ति र पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त विपत्तिमा आफ्ना प्रियजन गुमाएका शोकसन्तप्त परिवारहरूप्रति सहानुभूति व्यक्त गर्दै चीन सरकार तथा जनताप्रति समवेदना प्रकट गरेको छ । साथै मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै विपत्तिबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गरेको छ ।

“नेपाल यस कठिन समयमा चीनसँग ऐक्यबद्धता व्यक्त गर्दछ र प्रभावित परिवार तथा समुदायका लागि शीघ्र प्रतिकार्य, प्रारम्भिक पुनःस्थापना तथा पुनर्वासको कामना गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार