बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
प्रदेश कोसी प्रदेश

खोटाङमा दसैंमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

३५ किलोमिटरसम्म सेवा उपलब्ध गराउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १ कात्तिक, २०८३ मा प्रकाशित
खोटाङमा दसैंमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान
खोटाङ, कात्तिक १ :

खोटाङमा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ सञ्चालन गर्ने भएको छ ।

कमजोर आर्थिक अवस्था वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दशैँ–तिहार मनाउन माइतीघर पु¥याउने तथा माइतीघरबाट पुनः कर्मघर फर्काउन उक्त अभियान सुरु गरेको हो । उक्त समूहले तीन वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएको छ ।

दशैँको अवसरमा कातिक–३ गतेदेखि ६ गतेसम्म तथा तिहारको अवसरमा कातिक–२४ गतेदेखि २६ गते निःशुल्क यातायात सेवा अभियान सञ्चालन गर्ने तयारी गरिएको संयोजक सञ्जयकुमार राईले जानकारी दिए ।

“यातायात सेवा नपाएका तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीलाई गन्तव्यसम्म पु¥याउने योजनासहित दुई चरणमा अभियान सञ्चालन गर्ने तयारी गरिएको छ”, उनले भने । अभियानका क्रममा महिला, बालबालिका, वृद्धावस्थाका तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने संयोजक राईले जानकारी दिए। अभियानमा पुरुषलाई पनि आवश्यकता अनुसार सेवा दिइनेछ ।

अभियानका सहभागी हुन ३५ जना युवाले नाम दर्ता गराएका छन् । “स्वयम्सेवा गर्न इच्छुक युवा थपिनेक्रम जारी छ । मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका सबै ग्रामीण सडकहरुको ३५ किलोमिटरसम्म सेवा उपलब्ध गराउने योजना बनाएका छौँ”, उनले भने। उनका अनुसार सेवा लिन चाहनेहरुले पनि विवरण टिपाउन थालेका छन् । सुरुमा विवरण टिपाएकालाई पहिलो प्राथमिकतामा राखेर निःशुल्क यातायात सेवा दिइनेछ ।

निःशुल्क सेवा लिन चाहनेले बढीमा पाँच केजी तौलसम्मका मात्रै झोला साथमा राख्न सक्नेछन् । जिल्लाका अधिकांश सडक कच्ची अवस्थाका रहेकाले दुर्घटनाका जोखिमलाई मध्यनजर गरेर तौल निर्धारण गरिएको अभियानका संयोजक राईले जानकारी दिए।

यो समूहले अभियानमार्फत २०८१ सालमा ३४५ जना र २०८२ सालमा ७०० जनालाई उक्त सेवा दिएको थियो । शुभेच्छुहरुको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिँदै आएको अभियानका लागि एकपटकमा करिब रु चार लाख खर्च हुने गरेको जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार