संसदीय सुनुवाई समितिले विभिन्न १३ देशमध्ये १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । बुधबार बसेको समिति बैठकले भारतका लागि प्रस्तावित राजदूत डा निश्चल नाथ पाण्डे, चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जङ्ग थापा, बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबरा र जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।
साथै बैठकले इजरायलका लागि प्रस्तावित राजदूत सुरेश कुमार कर्णको नाम अनुमोदन ओमानका लागि प्रस्तावित राजदूत पदमाक्षी राणा, गणतन्त्र कोरियाका लागि प्रस्तावित राजदूत प्रा डा संगम श्रेष्ठ, स्पेन अधिराज्यका लागि प्रस्तावित राजदूत प्राप्ति शेरचन र श्रीलंकाका लागि प्रस्तावित राजदूत डा मंचला कुमारी झाको नाम अनुमोदन गरिएको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए ।
बैठकले साउदी अरब अधिराज्यका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम पनि अस्वीकृत गरेको छ।
त्यसैगरी जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम भने समितिले स्थगित गरेको छ ।
सभापति श्रेष्ठका अनुसार थापाको हकमा परराष्ट्र मन्त्रालयबाट थप प्रमाण तथा स्थानीय तहसँगको संलग्नताबारे स्पष्टता मागिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’