शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ असोज, २०८३ मा प्रकाशित
काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ
काठमाडौं, असोज २८ :

अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स व्यूरोले आज उनीहरूलाई नियन्त्रणमा लिई अध्यागमन विभागको जिम्मा लगाएको छ । 

पक्राउ पर्नेमा ४५ वर्षीय मोहमद मुक्तर होसेन, ३९ वर्षीय अब्बास अली, ४६ वर्षीय रफिक आलम, ४० वर्षीय मोहम्मद अरिफ सोसन, ३० वर्षीय अजिजुल,  २९ वर्षीय अब्दुल, ३७ वर्षीय मोहम्मद आलम करिम, ३६ वर्षीय मेहेताब मण्डल,  २० वर्षीय रातुल ईस्लाम र ३० वर्षीय बसर खान रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

उनीहरूलाई सशस्त्र प्रहरी नेपाल नं १८ गण हेक्वा (विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा) बाघभैरवको टोलीले पक्राउ गरेको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार