काठमाडौं, असोज २७ :
अर्थमन्त्री डा स्वर्णिम वाग्ले विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन बैंकक प्रस्थान गरेका छन्।
बैंककमा रहँदा उहाँले कोषका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंकका अध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
वार्षिक बैठक तथा त्यस क्रममा हुने अन्य बैठकमा अर्थ मन्त्रीले विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै प्राकृतिक प्रकोप र पूर्वतयारीसम्बन्धी विशेष आफ्नो अभिमत प्रस्तुत गर्नेछन्।
मन्त्री वाग्लेका साथ अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै