बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ असोज, २०८३ मा प्रकाशित
नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने
काठमाडौं, असोज २७ :

ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने बताएकी छन् ।

मंगलबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत राणाले नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धन गर्दै नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाइन् ।

उनले नेपाल–ओमानबीचको बलियो जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्दै दुवै देशको साझा समृद्धिका लागि व्यावहारिक सहकार्य गर्नु मुख्य लक्ष्य रहेको धारणा राखिन्

नेपाल र ओमानको निरन्तर सहकार्य रहेको श्रम गतिशीलता क्षेत्रमा निरन्तरता दिँदै यसलाई थप सुदृढ बनाउने उनले बताइन्

साथै उनले ओमानसँगको व्यापार र लगानी प्रवर्द्धन गर्न यो इन्टेन्शनल, सेलेक्टिभ र कमर्सियल्ली ग्राउन्डेड हुनुपर्ने र यसका लागि सम्भावित साझेदारहरू पहिचान गरी बजार बुझ्न सहजीकरण गर्ने उल्लेख गरिन् ।

उनले स्पष्ट लक्ष्य, संस्थागत जिम्मेवारीप्रतिको सम्मान र मापनयोग्य उपलब्धि हासिल गर्ने प्रतिबद्धताका साथ काम गर्ने धारणा राखिन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार