बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
राजनीति भिडियो

यस्तो छ जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीको योजना

दुईदेशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न प्रयास गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ असोज, २०८३ मा प्रकाशित
यस्तो छ जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीको योजना
काठमाडौं, असोज २७ :

जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट दुइदेशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न आफूले प्रयास गर्ने बताएकी छन् ।

मंगलबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत जोशीले  भौगोलिक अवस्थितिका कारण जर्मनी विश्वको तेस्रो अर्थतन्त्र र युरोपेली युनियनको एक प्रभावशाली शक्ति भए पनि नेपाल र जर्मनीबीचको व्यापार ठूलो परिमाणमा नरहेको उल्लेख गर्दै कूटनीतिक माध्यमबाट दुईदेशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न आफूले प्रयास गर्ने बताइन्।

जर्मनीमा निर्यात बढाउनका लागि नयाँ माध्यम खोल्नु पर्ने र यसमा सुरुदेखि नै ध्यान दिने योजना रहेको उनले बताइन् ।उनले पर्यटन क्षेत्रलाई बढावा दिन र विविधीकरण गर्न वेलनेस पर्यटन, ग्रिन पर्यटन र साहसिक पर्यटन जस्ता विषयहरूमा ध्यान दिनुपर्ने धारणा राखिन् । यसका लागि जर्मनीको टुर अपरेटर र नेपालको पर्यटन बोर्डबीच सहकार्य गरेर रणनीति बनाउनुपर्नेमा उनले जोड दिइन् ।

त्यस्तै जोशीले जर्मनीका संचारकर्मी, इन्फ्लुएन्सर, ब्लगर तथा सगरमाथा चढेका व्यक्तिहरूलाई बोलाएर डिजिटल प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सकिने योजना रहेको बताइन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार