बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
राजनीति

राष्ट्रियताको पक्षमा उभिँदा दमन भए आन्दोलन र प्रतिवादमा उत्रिन्छौँ : ओली

· सोमबार, २६ असोज, २०८३ मा प्रकाशित
राष्ट्रियताको पक्षमा उभिँदा दमन भए आन्दोलन र प्रतिवादमा उत्रिन्छौँ : ओली
काठमाडौँ, असोज २६ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबिरुद्धको घेराबन्दी अझै जारी रहेको बताएका छन्।

सोमबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई सपथग्रहण गराउदै अध्यक्ष ओलीले बिगतमा पटक–पटक पार्टीलाई घेराबन्दीको प्रयास भइरहेको भन्दै आगामी निर्वाचन नजिकिँदै गर्दा अहिले पनि पार्टीविरुद्धको घेराबन्दी अझै जारी रहेको बताएका हुन्।

उहाले लोकतन्त्र मासिएको, राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको अवस्थामा तिनको पुनरुत्थान अनिवार्य सर्त रहेको उल्लेख गरे। राष्ट्रियताको पक्षमा उभिदा दमन भए आन्दोलन र प्रतिवादमा उत्रिने उनले बताए  ।

अध्यक्ष ओलीले पार्टीलाई सशक्त रुपमा अघि बढाउनुपर्ने भएकाले आन्तरिक विरोध र असहमतिमा अल्झिनु नहुने धारणा राखे । उनले ’समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने, सत्य, समानता र मानवताको बाटोमा हिँड्ने उद्देश्य बोकेको पार्टी एमाले भएकाले साना–मसिना गलत कुरामा अल्झिन नहुने बताए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार