बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

कांग्रेस महाधिवेशन : मतदानको समय पटकपटक सार्दै भोलि बिहान ७ बजेलाई तोकियो

प्रतिनिधिहरूको थप एक दिनको बसोबास तथा खानपिन खर्च पार्टीले नै व्यहोर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ असोज, २०८३ मा प्रकाशित
कांग्रेस महाधिवेशन : मतदानको समय पटकपटक सार्दै भोलि बिहान ७ बजेलाई तोकियो
काठमाडौं, असोज २२ :

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ। निर्वाचन समितिले मतदानको नयाँ समय शुक्रबार बिहान ७ बजेका लागि तोकेको छ।

यसअघि बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटकसम्म सार्दै दिउँसो साढे २ बजेसम्मका लागि तोकिएको थियो। निर्धारित समयमा पनि मतदान सुरु हुन नसकेपछि निर्वाचन समितिले भोलि बिहानबाट मतदान सुरु गर्ने निर्णय गरेको हो।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ।

निर्वाचन सामग्री छापाखानाबाट आउन ढिलाइ भएकाले मतदानको समय सार्नुपरेको निर्वाचन समितिले जनाएको छ। यद्यपि मतदानको समय पटकपटक सारिनुमा महाधिवेशनभित्रको आन्तरिक विवादसमेत कारक रहेको बताइएको छ। निर्वाचन समितिले भने यसलाई प्राविधिक कारणका रूपमा प्रस्तुत गर्दै आएको छ।  

निर्वाचन प्रक्रिया एक दिन लम्बिएपछि प्रतिनिधिहरूको थप एक दिनको बसोबास तथा खानपिन खर्च पार्टीले नै व्यहोर्ने निर्णय भएको नेता उमेश श्रेष्ठले जानकारी दिए।

मतदानको समय पटकपटक परिवर्तन भएपछि महाधिवेशन प्रतिनिधिहरू अन्योलमा परेका छन्। नयाँ कार्यतालिकाअनुसार शुक्रबार बिहान मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको नेतृत्व चयनका लागि २ सय ९७ पदका लागि ८ सय ५० जनाले मनोनयन दर्ता गरेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार