शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

कांग्रेस महाधिवेशनमा आधा दर्जन पत्रकार उम्मेदवार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ असोज, २०८३ मा प्रकाशित
कांग्रेस महाधिवेशनमा आधा दर्जन पत्रकार उम्मेदवार
काठमाडौं, असोज २१ :

नेपाली कांग्रेसको १५औँं महाधिवेशनमा पत्रकार पृष्ठभूमिका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । महाधिवेशन निर्वाचन समितिले निर्धारण गरेको तालिकाअनुसार मङ्गलबार सम्पन्न उम्मेदवारी दर्ताका क्रममा उनीहरूको उम्मेदवारी परेको हो ।

समितिका अनुसार यसअघि कांग्रेसको केन्द्रीय सदस्य रहिसकेका पत्रकार अजयबाबु शिवाकोटीले सहमहामन्त्री (खुला) पदमा उम्मेदवारी दिएका छन् ।

यस्तै, वरिष्ठ पत्रकार कविर राणाले केन्द्रीय सदस्य (खुला), समिरजङ्ग शाह, शिव लम्साल र बाला अधिकारीले केन्द्रीय सदस्य (पेसागततर्फ) र कमला हमालले केन्द्रीय सदस्य (युवा, महिला ३५ वर्षमुनि)मा उम्मेदवारी दिएकी छन्।

अधिकारी यसअघि कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । उनीहरू सबै जना कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनसँग समेत सम्बद्ध हुन् । राणा युनियनको केन्द्रीय सल्लाहकार हुन् भने शाह पूर्वअध्यक्ष, लम्साल वर्तमान अध्यक्ष, अधिकारी पूर्वअध्यक्ष र हमाल वर्तमान केन्द्रीय सदस्य हुन् ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन यही असोज १८ गते भएको थियो भने नयाँ नेतृत्व चयनका लागि भोलि बिहान ७:३० देखि साँझ ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार