नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् ।
हिजो साँझ काँग्रेस सभापतिका उम्मेदवार गगन थापासँगको कुराकानीपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । डा.रिजालले गगन थापासँग भएको भेटमा गरिएको कुराकानीको भिडियो सामाजिक सञ्जाल फेसबुकमा समेत पोस्ट गरेका छन् ।
थापासँगको भेटमा रिजालले भनेका छन्, ‘अहिले म आकांक्षीको रहरबाट अलग भए भएँ, बाँकी कुरा सभापतिले पार लगाउनेमा ढुक्क छु ।’
उनले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको, विशेषबाट सभापति भएपछि सभापति गगन थापासँग सम्पर्क टुटेको र अदालतको फैसला सम्मान गर्नुको विकल्प नभएको बताउँदै फेरि काँग्रेसमै जोडिनुको विकल्प नभएको बताएका छन् ।
रिजालसँगको सम्वादपछि सबै नेताहरुको क्षमताअनुसारका व्यवस्थापनबारे आफ्नो धारणा र मान्यता कायम रहेको भन्दै सभापतिका उम्मेदवार थापाले रिजाललाई धन्यवाद दिएका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’