बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
राजनीति

कांग्रेस सभापतिमा गगन थापासहित तीन जनाको उम्मेदवारी

जित-हारलाई स्वाभाविक रूपमा लिँदै हार्दिकता कायम राख्नुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० असोज, २०८३ मा प्रकाशित
कांग्रेस सभापतिमा गगन थापासहित तीन जनाको उम्मेदवारी
काठमाडौं, असोज २० :

नेपाली कांग्रेसको सभापति पदका लागि गगनकुमार थापासहित तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सभापति पदमा थापासँगै श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले पनि उम्मेदवारी दर्ता गराएका हुन्। 

तीन जनामध्ये थापा सबैभन्दा पछि गएर मनोनयन दर्ता गराएका हुन् । उनले पार्टी भित्रको चुनावमा  जित-हारलाई स्वाभाविक रूपमा लिँदै हार्दिकता कायम राख्नुपर्ने बताए । 

सभापतिमा थापाको मात्रै एकल उम्मेदवारी पर्ने र उनी नै निर्विरोध चयन हुने चर्चा परिचर्काचाका बीच दुई युवाले नेतृत्वको प्रतिस्पर्धामा आफूलाई उभ्याएका हुन् । हारजित कसको हुन्छ त्यो परिणामले नै देखाउने छ ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा चयन भएका थिए। उनी नेतृत्वको कार्यसमितिले नियमित महाधिवेशन अन्तर्गत अहिलेको १५औँ महाधिवेशन गराएको हो । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मनोनय दर्ता गर्ने क्रम सम्पन्न भएको छ ।

उम्मेदवारको नामावली फिर्ता लिने क्रम सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि असोज २२ गते निर्वाचन हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार