बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति

बन्दसत्रमा पेस भएका तीन प्रतिवेदन भोलि पारित गरिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ असोज, २०८३ मा प्रकाशित
बन्दसत्रमा पेस भएका तीन प्रतिवेदन भोलि पारित गरिने
काठमाडौं, असोज १९ :

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा पेस भएका चारमध्ये एउटा प्रतिवेदन आजै पारित भएको छ। महामन्त्रीको संशोधित विधान पारित भएको हो ।  सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मङ्गलबारको बन्दसत्रले पारित गर्नेछ । मङ्गलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन हुने भएकाले विधान सोमबार नै पारित गरिएको पार्टीले जनाएको छ ।

महाधिवेशनको दोस्रो दिन आयोजित बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक, महामन्त्री गुरुराज घिमिरेले सांगठनिक र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका हुन्।

पेस भएका चारवटै प्रतिवेदनमाथि तीनवटा हलमा छलफल भइरहेको छ। कांग्रेसले बन्दसत्रका लागि हिमाल, पहाड र तराई नामका तीनवटा हलमा प्रतिनिधिहरूलाई विभाजन गरेको छ। प्रतिवेदनमाथिको छलफल सम्पन्न गरी आजै चारवटै प्रतिवेदन पारित गर्ने तयारी रहेको कांग्रेसले जनाएको छ। 

यसैबीच, महाधिवेशनमा नेतृत्व चयनका लागि मंगलबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। निर्वाचन कार्यतालिकाअनुसार मंगलबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।उम्मेदवारी दर्तासँगै महाधिवेशनको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार