नेपाली कांग्रेस १५औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिले बासको व्यवस्था आफैं गर्नुपर्ने भएको छ। कार्यक्रम स्थलसम्म आवतजावत खर्च पनि सहभागी आफैंले बेहोर्नुपर्नेछ। विगतमा कांग्रेसले महाधिवेशन प्रतिनिधिको बासको व्यवस्था पनि गर्ने गरेको थियो।
यही असोज १८-२२ मा हुने महाधिवेशेनमा सहभागी महाधिवेशन प्रतिनिधिको आवासको आर्थिक भारबाट पार्टी पन्छिएको हो। अहिले भोजनको मात्र व्यवस्था गरिएको छ।
आवासका लागि कुनै समस्या आए तत्काल समन्वय र सहजीकरण गरिने आवास व्यवस्थापन समितिका संयोजक रमेश धमलाले बताए।आवासका लागि एअरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा व्यवस्था गरिएको छ।
विदेशबाट आउने अथिति प्रतिनिधिलाई भने बसोबासको व्यवस्था गरिएको धमलाले बताए। असोज १९ देखि २१ गतेसम्म तीन दिन बिहानको ब्रेकफास्ट, दिउँसो र साँझ खानाको व्यवस्था भृकुटीमण्डपमा गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’