शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

कांग्रेस १५ औं महाधिवशेनको तयारी अन्तिम चरणमा, प्रचारप्रसारमा तामझाम नगर्ने

महाधिवेशनमा ७ हजार ७ सयभन्दा प्रतिनिधिहरु सहभागी हुँदै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ असोज, २०८३ मा प्रकाशित
कांग्रेस १५ औं महाधिवशेनको तयारी अन्तिम चरणमा, प्रचारप्रसारमा  तामझाम नगर्ने
काठमाडौं, असोज १६ :

नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको १५ औं महाधिवशेनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा प्रचारप्रसारका नाममा कुनै तामझाम नगर्ने निर्णय पार्टीले लिएको बताए । महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसार गर्नका लागि सबै उम्मेदवारहरुलाई आग्रह गरिएको उनले बताए ।  

महाधिवेशनमा सात हजार सात सयभन्दा प्रतिनिधिहरु सहभागी हुदैछन् । कांग्रेसको इतिहासमा नै पहिलोपटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधिहरु निर्वाचित भएको प्रवक्ता चालिसेले बताए । महाधिवशेन अन्तर्गत असोज १८ गते उद्घाटन, १९ र २० गते बन्द सत्र र २१ र २२ गते निर्वाचन प्रक्रिया हुने उनले जानकारी दिए ।

उनले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको विधान संशोधन समितिले सुझाव संकलन र छलफल जारी भन्दैविधान संशोधनमार्फत शेरबहादुर देउवा लगाएत पूर्व सभापतिहरूको मर्यादा र स्थान कहाँ रहने भन्ने विषयलाई पनि समेटिने बताए ।

उनले महाधिवेशनलाई केवल ‘नेता चयन गर्ने’ थलोमा मात्र सीमित नराखी नीतिगत बहस र देशको परिकल्पनामा बढी केन्द्रित गराउने प्रयास गरिएको उल्लेख गरे । प्रवक्ता चालिसेले पार्टीको नेतृत्व चयनका विषयमा ठूलो विवाद नरहेको समेत दाबी गरे ।

उनले देशका ६,७४३ वडा तहदेखि भएका अधिवेशनहरूमा ९९ प्रतिशत भन्दा बढी सदस्यहरूको उपस्थिति रहेकाले पार्टीको आधिकारिकता र वैधानिकतामा कुनै कानुनी वा राजनीतिक शंका नरहेको स्पष्ट पारे । कांग्रेसको केन्द्रिय महाधिवेशनको उद्घाटन असोज १८ गते खुल्लामञ्च गर्ने तय भएको छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार