प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोशाक खरिदका बिषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रास्वपा सांसद मनिष झाको संयोजकत्वमा ९ सदस्यीय अध्ययन उपसमिति गठन गरेको हो ।
उपसमितिमा सांसदहरु सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही रहेका छन् । उपसमितिलाई निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमिता भएको भन्नेबारे परेको उजुरीको अध्ययन गरी प्रतिवेदन पेस गर्न भनिएको छ । समिति सभापति भरत बहादुर खड्काले उजुरीको अध्ययनका सम्बन्धमा आएका सुझावहरुलाई समितिले ग्रहण गरेर अघि बढ्ने बताए ।
बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरीमा भएको भनिएको अनियमितामा आफूले निरन्तर आवाज उठाइरहेकाले आफूलाई संयोजक बनाउन प्रस्ताव गरेका थिए । आफूलाई बाहिर राखेर उपसमिति गठनको औचित्य नहुने उनले बताए ।
बैठकमा अन्य दलका केही सांसदहरुले सांसद सुनारको भूमिका उजुरीकर्ताको जस्तो देखिएकाले समितिमा राख्न नहुने धारणा राखेका थिए । त्यसपछि सबैको सहमतिमा सुनारलाई पनि उपसमिति सदस्यमा राखिएको थियो । सार्वजनिक लेखा समितिमा निर्वाचन प्रहरीको पोशाक खरिद गर्दा ६० करोड भन्दा बढि अनियमितता भएको उजुरी परेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’