नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ ।
असोज पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विधान अनुसार ३३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको थियो ।
शपथ ग्रहणको कार्यक्रम आज दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा राखिएको छ ।
मनोनीत भएका केन्द्रीय कमिटी सदस्यहरूमा काशी नाथ अधिकारी (चितवन) देवराज घिमिरे (झापा), हरि रिजाल–(प्यूठान), पासाङ शेर्पा (ताप्लेजुङ), नरेन्द्र भट्टराई(ईलाम), नन्द राम देवकोटा(खोटाङ), धर्म गिरी(प्यूठान), नारायण घर्ती (जाजरकोट), विद्या सुन्दर शाक्य (काठमाडौं), शान्ति लाल महत (जुम्ला), पोल्तेन छेपाङ गुरुङ (मनाङ), प्रेम दङ्गाल(काठमाडौं), सुरेन्द्र उदास(भोजपुर), विनोद पाण्डे(काठमाडौं), पुष्पराज श्रेष्ठ(सिन्धुली), विमला घिमिरे(कपिलवस्तु) रहेका छन् । त्यसैगरी शिव माया तुम्वाहाम्फे (मोरङ), कौशिला खत्री (जाजरकोट), जानुका सिम्खडा(धादिङ), बिना बास्तोला(भक्तपुर) रहेका छन् ।
अन्य पार्टीबाट समायोजन भएकाहरुमा मोहम्मद इस्तियाक राई(बाँके), प्रदीप यादव(पर्सा), अब्दुल हुसैन अंसारी(सुनसरी), डिबी कार्की(स्याङ्जा), भवानी खापुङ(तेह्रथुम), दीपक साउद(अछाम), जय गोले तामाङ(काठमाडौं), धर्मराज निरौला(सुनसरी), रवि चाम्लिङ(खोटाङ), विनोद पहाडी(रूपन्देही), श्री प्रसाद शर्मा(बागलुङ), रामप्रीत राम(सिराह) र ध्रुव विष्ट(भक्तपुर) रहेका छन् ।
सोही केन्द्रीय कमिटी बैठकले ७ जना नेतालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो । स्थायी कमिटी चयन भएका सदस्यहरूमा ईश्वर पोखरेल (काठमाडौं), प्रदिप ज्ञवाली(गुल्मी), काशी नाथ अधिकारी (चितवन), देवराज घिमिरे(झापा), शिव माया तुम्वाहाम्फे(मोरङ), लाल बाबु पण्डित(मोरङ) र थम माया थापा(म्याग्दी) रहेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’