बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

विगतका ठुला भ्रष्टाचारका काण्डको सरकारले सूक्ष्म अनुसन्धान गरिरहेको छ : प्रकाशचन्द्र परियार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ असोज, २०८३ मा प्रकाशित
विगतका ठुला भ्रष्टाचारका काण्डको सरकारले सूक्ष्म अनुसन्धान गरिरहेको छ :  प्रकाशचन्द्र परियार
काठमाडौं, असोज १४ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान सरकारले विगतका ठूला भ्रष्टाचार काण्डहरूको सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताएका छन् । 
बुधबार रिपोटर्स क्लबले काठमाडौंमा गरेको साक्षात्कारमा सचेतक परियारले पूर्ववर्ती सरकारहरूका पालामा भएका एनसेल काण्ड, गिरीबन्धु टी–इस्टेट, भुटानी शरणार्थी प्रकरणलगायत करिब २५ वटा खर्बौंका ठुला काण्डहरूको सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताएका हुन् । समय आएपछि गहिरो अनुसन्धान गरी दोषीलाई आजीवन काराबाससम्म पुर्‍याउने प्रयास भइरहेको उनले बताए ।

उनले विपक्षीको शक्ति र सहिष्णुतालाई समेत कदर गर्दै सँगसँगै लिएर अघि बढ्ने परिपक्वता रास्वपामा रहेको तर्क गरे । जनमतको अवमूल्यन नहोस् भनी आफूहरूले नियमित आत्मसमीक्षा गर्ने गरेको र जस्तोसुकै चुनौतीमा पनि पछि नहटी दृढ भएर अगाडि बढ्ने प्रण गरिएको उनको भनाइ छ । 

परियारले सुशासन, सामाजिक न्याय, स्वाधीनता र समृद्धिमार्फत आगामी एक दशकभित्र नेपाललाई दक्षिण एसियाकै सम्मानजनक आय भएको राष्ट्र बनाउने संकल्पसहित अहोरात्र खटिरहेको धारणा राखे। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार