बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ असोज, २०८३ मा प्रकाशित
महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण
काठमाडौं, असोज १४ :

रास्वपाका सांसद ज्ञानेन्द्रसिंह महताले कञ्चनपुर दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिप्रति सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कञ्चनपुर–३ बाट निर्वाचित सांसद महताले मंगलबार राति करिब ११ बजे महाकाली नदीमा आएको बाढीको भँगालोले पुलको बीच भागमा रहेको टावर ब्लक तथा स्पर क्षेत्रमा क्षति पुर्‍याउँदा करिब ७५ मिटर भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको बताए । 

उक्त झोलुङ्गे पुलमा क्षति भएपछि पुलबाट हुने दुईतर्फी आवागमन पूर्ण रूपमा बन्द भएको उनले बताए । उनले तत्काल प्राविधिक टोली खटाई पुलको विस्तृत अध्ययन, पुनर्निर्माण तथा संरचनागत सुरक्षाको जाँच गरी यथाशीघ्र आवागमन सञ्चालन गर्न माग गरे । साथै सांसद महताले भविष्यमा महाकाली नदीको बाढी र कटानबाट पुल तथा आसपासका संरचनालाई जोगाउन आवश्यक तटबन्ध, नदी नियन्त्रण तथा दीर्घकालीन कार्यका लागि बजेट र प्रक्रिया सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।

कञ्चनपुर–३ अन्तर्गत पर्ने दोधारा चाँदनीका नागरिकले सदरमुकाम महेन्द्रनगर पुग्नसमेत भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्न २०६१ सालमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार