राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले व्यक्तिगत ’‘इगो’ साँध्नका लागि राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै शाहीले पूर्वप्रधानन्यायाधीशको पक्राउप्रति प्रश्न उठाउदै सरकारले व्यक्तिगत ‘इगो’ साँध्नका लागि राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोप लगाएका हुन् । उनले दुर्गा प्रसाईंलाई समेत पटक-पटक पक्राउ गरिएकोप्रति असन्तुष्टि जनाउँदै उनको सट्टा जिबी राईलाई पक्राउ गरेको भए जनताको ९ अर्ब फिर्ता हुने धारणा राखे । व्यक्तिगत प्रतिशोध र स्वार्थमा सरकार यसरी नै अघि बढेमा विगतको केपी शर्मा ओली सरकार र वर्तमान सरकारमा कुनै फरक नहुने उनले बताए ।
नेता शाहीले भ्रष्टाचारी र अपराधीलाई प्रमाण र कागजातका आधारमा मात्र कानुनी दायरामा ल्याउन आग्रह गर्दै सुशासनको लडाइँमा सरकारलाई साथ दिने तर ‘इगो’ साँध्न राज्यसत्ताको खेल बन्द गर्नुपर्ने उल्लेख गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’