बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति

कांग्रेसको १५औँ महाधिवेशन केही दिन पर सार्ने तयारी, यस्तो छ कारण

बाढीले सडक बगाउँदा महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउनै सकस
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ असोज, २०८३ मा प्रकाशित
कांग्रेसको १५औँ महाधिवेशन केही दिन पर सार्ने तयारी, यस्तो छ कारण
काठमाडौं, असोज १२ :

नेपाली कांग्रेसको १५औँ महाधिवेशन केही दिन पर सार्ने तयारी भएको छ। बाढीपहिरोका कारण महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउन समस्या हुने देखिएकाले केही दिन सार्ने तयारी भएको हो।

अविरल वर्षाले विभिन्न स्थानमा सडक र पुलहरू भत्काएको छ । जसका कारण महाधिवेशन प्रतिनिधिलाई काठमाडौँ आउनका लागि समस्या हुने देखिएको कांग्रेस स्रोतले बताएको छ ।

कांग्रेसले भोलि (मङ्गलबार) बिहान बैठक गरेको नयाँ मितिको टुंगो लगाउने भएको छ ।  यही असोज १६ गतेदेखि १९ गतेसम्म तय भएको महाधिवेशन केही दिन पर सार्ने कि भन्ने कुराकानी भइरहेको प्रवक्ता देवराज चालिसेले बताएका छन् ।

बाढीले काठमाडौं आउने बाटो बगेका छन् । यो बेलामा मान्छेको ज्यान भन्दा कांग्रेसको अधिवेशन ठुलो हुँदैन भन्ने एकथरी नेताहरुको बुझाइछ ।कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर विवाद जारी छ। संस्थापन इतर समूह पनि छुट्टै महाधिवेशनको तयारीमा जुटेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार