बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

पार्टीभित्र देखिएको मतभेद लामो समयसम्म कायम रहन सक्दैन : मोहन बस्नेत

स्थानीय निर्वाचनले दुवै समूहलाई पुनः सहकार्यको अवस्थामा पुर्‍याउँछ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ असोज, २०८३ मा प्रकाशित
पार्टीभित्र देखिएको मतभेद लामो समयसम्म कायम रहन सक्दैन : मोहन बस्नेत
काठमाडौं, असोज ११ :

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समयसम्म कायम रहन नसक्ने बताएका छन् ।

आइतबार कांग्रेस इत्तर पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले स्थानीय निर्वाचनपछि कार्यकर्ताको दबाबका कारण पार्टीका दवै समुहबीच एकता हुने र मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । नेता बस्नेतले पार्टीभित्र देखिएको वर्तमान अवस्थाबारे कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताए। उनले पार्टीका नेता तथा कार्यकर्ताबीचको सम्बन्ध र संगठनप्रतिको प्रतिबद्धताले आगामी दिनमा पार्टीको दिशा तय गर्ने धरणा राखे ।

नेता बस्नेतले कार्यकर्ताको दबाब र चाहनाअनुसार पार्टीभित्रका दुवै समूह एक ठाउँमा आउनुपर्ने अवस्था सिर्जना हुने दाबी गरे । उनले आपसी मतभेदलाई निरन्तरता दिनुभन्दा संवाद र सहकार्यका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए। 

नेता बस्नेतले स्थानीय निर्वाचनपछि उत्पन्न हुने राजनीतिक परिस्थितिले पार्टीका दुवै समूहलाई पुनः सहकार्यको अवस्थामा पु¥याउने दाबी गरे। कार्यकर्ताको दबाब बढ्दै गएपछि दुवै समूहबीच मिलन अपरिहार्य हुने उनको भनाइ थियो। उनले पार्टीको संगठनलाई बलियो बनाउन नेता तथा कार्यकर्ताबीच निरन्तर संवाद, सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार