बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

देवघाटस्थित नारायणी नदीमा जलसतह खतराको विन्दु भन्दा माथि,पश्चिम चितवनका बस्तीमा बाढी पस्ने संभावना

नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह
सक्रिय न्युज · आइतबार, ११ असोज, २०८३ मा प्रकाशित
देवघाटस्थित नारायणी नदीमा जलसतह खतराको विन्दु भन्दा माथि,पश्चिम चितवनका बस्तीमा बाढी पस्ने संभावना
चितवन, असोज ११ :

चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह खतराको विन्दु भन्दा माथि पुगेको छ ।  

अहिले नदीको जलसतह १० दशमलव ११ मिटर पुगेको छ । यो खतराको विन्दु ९ मिटरभन्दा १ मिटरभन्दा बढी हो ।नारायणीमा ७ दशमलव ३ मिटर पुगेपछि चेतावनी तह पार हुनेमा अहिले जलसतह निरन्तर बढिरहेको छ । जलसतह बढेसँगै नदी आसपासका तल्लो क्षेत्रमा कटान तथा डुबानको जोखिम बढेको छ ।

भरतपुर महानगरपालिका–१७ र २८ का नदी तटीय क्षेत्रका केही बस्तीमा पानी पस्न थालेको छ । जोखिम बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

त्यस्तै  चितवनको बनकट्टास्थित रिउ खोलामा पनि जलसतह ४ दशमलव ६२ मिटर पुगेको छ । रिउ खोलामा ३ दशमलव ४० मिटर चेतावनी तह र ३ दशमलव ८० मिटर खतराको तह मानिन्छ । जलसतह केही घटे पनि अहिले पनि खतराको सीमाभन्दा माथि नै रहेको छ ।

नारायणी नदी र रिउ खोलामा पानीको बहाव उच्च रहेकाले नदी तथा खोला किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन र जोखिम देखिए सुरक्षित स्थानमा जान जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

नारायणीमा बाढी बढेसंगै पश्चिम चितवनका बस्तीमा बाढी पस्ने संभावना बढेको छ । चितवना रातभर  वर्षा भईरहेकोले  अझ जोखिम बढेको छ ।

प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार