नेपाली काँग्रेसको संस्थापन इतर समूहका संयोजक डा शशांक कोइरालाले सवैलाई समेटेर महाधिवेशन प्रक्रिया अघि बढाइएको जानकारी दिए । शनिबार सम्पर्क कार्यालय चूनदेवीमा आयोजित पत्रकार सम्मेलनमा उहाले आगामी महाधिवेशन परीक्षाको समय भएको भन्दै महाधिवेशनले पार्टीको भविष्यको बाटो देखाउने धारणा राखे। काँग्रेस बलियो विचार भएको पार्टी भएकोले जोशका साथ अघि बढ्न खोजिएको उनको भनाइ छ ।
त्यस्तै काँग्रेस नेता डा प्रकाश शरण महतले एकताको महाधिवेशन सम्पन्न गर्न ढोका खुला गरेर संवाद गरेपनि सफल नभएकोले पूर्वनिर्धारित तालिका अनुसार नै महाधिवेशन प्रक्रिया अघि बढ्ने बताए ।
पत्रकार सम्मेलनमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशिल सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ । महाधिवेशनका लागि ७ लाख ८३ हजार ८३६ जना पार्टी क्रियाशिल अद्यावधिक गरिएको र जसमध्ये ५ लाख ७३ हजार २६९ जना पुराना तथा २ लाख १० हजार ५६७ जना नयाँ सदस्य रहेको सदस्यता व्यवस्थापन समितिका संयोजक किरण राज शर्मा पौडेलले जानकारी दिए।
त्यस्तै उनले १५ गते हुने वडा अधिवेशनसँगै महाधिवेशनको प्रक्रिया सुरु हुने समेत बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’