बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
राजनीति

कांग्रेसको संस्थापन इतर समूह पनि छुट्टै महाधिवेशनको तयारीमा, तोक्यो ५५ जिल्ला संयोजक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ असोज, २०८३ मा प्रकाशित
कांग्रेसको संस्थापन इतर समूह पनि छुट्टै महाधिवेशनको तयारीमा, तोक्यो ५५ जिल्ला संयोजक
काठमाडौं, असोज ८ :

नेपाली कांग्रेसको संस्थापन इतर समूहले पनि छुट्टै १५औँ महाधिवेशनको तयारी अघि बढाएको छ। पार्टीका दुई पक्षले फरक–फरक मितिमा महाधिवेशन गर्ने तयारी थालेसँगै कांग्रेसभित्र समानान्तर अधिवेशनको अवस्था सिर्जना भएको छ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो छुट्टै महाधिवेशनको तयारीका लागि ५५ जिल्लामा संयोजक तोकेको छ। १५औँ महाधिवेशन तयारी समितिका आयोजक तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले ती जिल्लाका लागि संयोजक तोकेका हुन्।

कांग्रेस नेता एनपी साउदका अनुसार आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने भनिएको महाधिवेशनको तयारीका लागि जिल्ला संयोजक तोकिएको हो। १४औँ महाधिवेशनबाट निर्वाचित अधिकांश जिल्ला सभापति संस्थापन पक्षमा उभिएपछि देउवा समूहले समानान्तर रूपमा अधिवेशन अघि बढाउन जिल्ला संयोजक तोकेको देखिएको छ।

यसैबीच, गगनकुमार थापा नेतृत्वको कांग्रेसले भने १५औँ महाधिवेशनअन्तर्गत वडा तथा नगर अधिवेशन सम्पन्न गरिसकेको छ। निर्धारित कार्यतालिकाअनुसार असोज १० गते क्षेत्रीय अधिवेशन हुँदैछ। अहिले देशभरका स्थानीय तहमा अधिवेशन प्रक्रिया जारी छ।

निर्वाचन कार्यतालिकाअनुसार थापा नेतृत्वको कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। उता देउवा पक्षले भने मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने तयारी अघि बढाएको छ। फरक-फरक मिति र प्रक्रियाबाट महाधिवेशन अघि बढेपछि नेपाली कांग्रेसभित्रको विवाद थप चुलिँदै गएको देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार