बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने

केन्द्रीय कमिटीको बैठक अघि सचिवालयको बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने
सक्रिय न्युज · बिहीबार, ८ असोज, २०८३ मा प्रकाशित
एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने
ललितपुर, असोज ८ :

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि  जारी रहनेछ ।

बैठक आज दिउँसो १२:३० बजे भनिमण्डलस्थित रामबाग भवनमा पुनः बस्ने जनाएको छ । त्यसअघि पार्टी केन्द्रीय सचिवालयको बैठक बिहान १० बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने कार्यक्रम रहेको एमालेका प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।

एमालेको केन्द्रीय कमिटीको हिजोको तेस्रो बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा आज तेस्रो दिन बसेको बैठकमा अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा सुझावका सम्बन्धमा स्पष्ट पारेका थिए । त्यसपछि बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा पार्टी सचिवालयका सदस्य, पदाधिकारी तथा केन्द्रीय कमिटी सदस्यहरूले प्रतिवेदनलगायत समसामयिक राजनीतिक विषयमा आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेको एमालेले जनाएको छ ।

बैठकमा पार्टीका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ, सचिवहरु छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, डा राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतले धारणा राख्नुभएको थियो । आयोगका अध्यक्षहरू भरत पहारी र डा पुष्प कँडेलले पनि बैठकमा धारणा राखेका थिए ।

त्यसैगरी बैठकमा ठूलो सङ्ख्यामा केन्द्रीय सदस्यहरूले प्रतिवेदन र पार्टीका समसामयिक विषयमा आफ्ना सुझाव तथा धारणा प्रस्तुत गरेका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार