बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

श्रम मन्त्रालयको आयोजनामा असोज १४ देखि इटहरीमा ‘सीप तथा रोजगार मेला’

माग, सीप तालिम र रोजगारलाई एउटै ठाउँमा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ असोज, २०८३ मा प्रकाशित
श्रम मन्त्रालयको आयोजनामा असोज १४ देखि इटहरीमा ‘सीप तथा रोजगार मेला’
फाइल तस्बिर ।
काठमाडौं, असोज ७ :

युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि २० गतेसम्म ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्ने भएको छ ।

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले सरकारले घोषणा गरेको रोजगार दशकलाई अघि बढाउने सन्दर्भमा ‘सीप र रोजगारी  साझा जिम्मेवारी’ भन्ने नाराका साथ सीप तथा रोजगार मेला आयोजना गर्न लागिएको जनाएको हो ।

 माग, सीप तालिम, रोजगारलाई एउटै प्रणालीमा आबद्ध गर्ने अवधारणाका साथ सुरु हुन लागेको मेलामा उद्योग, सेवा, कृषि, निर्माण लगायतका १० वटा विभिन्न विधामा ६५ वटा स्टलहरू रहने मन्त्रालयले जनाएको छ । उद्योगको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्ने, तालिम सञ्चालन गरी रोजगारी सुनिश्चित गर्ने तथा रोजगारदाता र रोजगार खोज्ने व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउनेका साथै हुन लागेको मेला अन्य प्रदेशमा पनि आयोजना गरिने युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले जानकारी दिए। उनले स्वदेशमै आफ्नै माटोमा रोजगारी र स्वरोजगारी दुवैको वातावरण सिर्जना गर्नु जनता र युवाहरूको मुख्य माग रहेको र सोहीअनुसार सरकारले नीतिगत सुधार एवं कार्यक्रमहरू अघि बढाइरहेको बताए । राष्ट्रिय रोजगार नीति छिटै मन्त्रिपरिषद् पठाउने तयारी भइरहेको उनको भनाइ छ । 

उनले वैदेशिक रोजगारीका लागि विभाग र बोर्ड भए जस्तै आन्तरिक रोजगारीका लागि संयन्त्र नहुँदा अहिले मेला आयोजना गर्न मन्त्रालयका सम्पूर्ण महाशाखाहरू नै प्रत्यक्ष खटिनुपरेको अवस्था रहेको गुनासो गरे । कति जनाले प्रत्यक्ष रोजगारी पाए र कति जना सिफारिस भए भन्ने विषयलाई मेलाको सफलताको मुख्य सूचक मानिने उनले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार