बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

सांसद चौलागाईंको टिप्पणी: न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर

सर्वोच्चको अन्तरिम आदेशले संविधान संशोधनको संवैधानिक बाटोलाई नै रोकियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ असोज, २०८३ मा प्रकाशित
सांसद चौलागाईंको टिप्पणी: न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर
काठमाडौं, असोज ७ :

रास्वपा सांसद मधुकुमार चौलागाईंले वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भएको टिप्पणी गरेका छन्

बुधबार प्रतिनिधिसभाको शुन्य समयमा सांसद चौलागाईले लोकतन्त्रमा नागरिकलाई निष्पक्ष एवं छिटो न्याय प्रवाह गर्ने स्वतन्त्र र सक्षम न्यायपालिका हुनुपर्नेमा वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भएको टिप्पणी गरेका हुन्

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावलीको नियम १४० को ११ र २५९ तत्काल कार्यान्वयन गर्न नपाउने गरी जारी गरेको अन्तरिम आदेशले संविधान संशोधनको संवैधानिक बाटोलाई नै प्रत्यक्ष रूपमा रोकिदिएको बताए । जनताका निर्वाचित प्रतिनिधिहरूको सर्वोच्च थलो संघीय संसद्को सार्वभौम अधिकार र क्षेत्राधिकारमाथि यस आदेशले गम्भीर कुण्ठा पु¥याएको उनले बताए।

साथै उनले संसद्को अधिकार क्षेत्रमा भएको हस्तक्षेप र न्यायिक निरङ्कुशतालाई रोक्न समग्र न्यायपालिकाको आमूल पुनर्संरचना अपरिहार्य भइसकेको धारणा राखे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार