बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
राजनीति

सुरुङमा हराएकाहरुको खोजी जारी छ, आशा मरेको छैन : ऊर्जामन्त्री श्रेष्ठ

बाढीबाट ११ आयोजना बन्द भएका भएका छन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ असोज, २०८३ मा प्रकाशित
सुरुङमा हराएकाहरुको खोजी जारी छ, आशा मरेको छैन : ऊर्जामन्त्री श्रेष्ठ
काठमाडौं, असोज ७ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कर्मचारीको खोजी जारी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बाढीबाट भएको मानवीय र ऊर्जा क्षेत्रको क्षति तथा हालसम्मका प्रयास र भावी योजनाबारे जानकारी गराउँदै उनले सुरूङहरुका हराइरहेकाहरुको नेपाली सेना र विदेशी विज्ञको समन्वयमा निरन्तर खोजी भइरहेको जानकारी दिएका हुन् । बाढीपछि नेपाल विद्युत् प्राधिकरण र अन्य आयोजनाका ९०० जना हराइरहेका छन् ।  

“सम्भावनाको अन्तिम ढोकासम्म खोज तथा उद्धारका निम्ति सम्पूर्ण सामथ्र्य परिचालन गरेका छौँ । अहिलेको हाम्रो पहिलो दायित्व खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनु, घाइतेहरूको उपचार गर्नु, विस्थापित परिवारको पुनःस्थापना गर्नु र क्षतिग्रस्त विद्युत् सडक, पुल लगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नु हो । प्रभावित नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सवोच्च जिम्मेवारी हो ।”, मन्त्री श्रेष्ठले भने, “पीडाको यो घडीमा सरकार नागरिकसँगै छ । जनताको पीडा र आँसुमा राज्यको पनि संवेदना जोडिएको छ । पक्कै पनि हामी शोक र पीडामा छौँ । तर, निराशामा छैनौँ । आँखा रसाएका छन्, तर आशा मरेको छैन । घाउ गहिरो छ । यद्यपि, मल्हम लगाउन प्रयत्नशील छौँ ।”

मन्त्री श्रेष्ठले बाढीबाट ११ आयोजना बन्द भएका जानकारी दिँदै माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा एक हजार ४३३ जना कार्यरत मध्ये ९५५ जनाको सकुशल उद्धार गरिएको बताए ।

प्रारम्भिक मूल्याङ्कनअनुसार समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि रु तीन खर्ब ९० अर्ब ६२ करोड ३० लाख आवश्यक पर्ने अनुमान गरिएको उनले बताए ।

राष्ट्रसेवा रहँदा रहँदै बाढीबाट सम्पर्कविहीन भएका विद्युत प्राधिकरणको कर्मचारीका आश्रित परिवारलाई तत्काल रु पाँच लाख राहत र छ महिनासम्म तलबको ५० प्रतिशत रकम उपलब्ध गराउने निर्णय भएको जानकारी मन्त्री श्रेष्ठले दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार