
काठमाडौं, असोज ६ :
काठमाडौंको त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगजनी गरी गम्भीर घाइते भएका चालकको निधन भएपछि उनका आफन्त र यातायात मजदुरहरुले प्रदर्शन गरेका छन् । उनीहरुले दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएकाले दोषीका कारबाही गर्नुपर्ने माग गरेका छन् । साथै उनीहरुले उक्त घटनाको छानबिन गर्नुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगाएका माग राखेका छन् ।
रिद्धिसिद्धी यातायातको बा५ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा जलेर घाइते भएका चालकको उपचारका क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको छ ।