बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

संसदको कार्यसूचीमा हेरफेर, संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि आजै अनुमोदन गरिँदै

सक्रिय न्युज · मंगलबार, ६ असोज, २०८३ मा प्रकाशित
संसदको कार्यसूचीमा हेरफेर, संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि आजै अनुमोदन गरिँदै
काठमाडौं, असोज ६ :

प्रतिनिधिसभाको सम्भावित कार्यसूची हेरफेर भएको छ ।

आकस्मिक कारणले गर्दा आजका लागि निर्धारित कार्यसूची हटाइने भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले जनाएका छन्  ।

आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय थियो । यसलाई हटाएर संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि आजै अनुमोदन गरिँदैछ ।

आजका लागि ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरियोस्’ भन्ने कार्यसूची राखिने संसद सचिवालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार