बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी, केन्द्रीय सदस्यहरूलाई धारणा राख्न तीन मिनेटको समयसीमा

सक्रिय न्युज · मंगलबार, ६ असोज, २०८३ मा प्रकाशित
एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी, केन्द्रीय सदस्यहरूलाई धारणा राख्न तीन मिनेटको समयसीमा
ललितपुर, असोज ६ :

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ ।

बैठक बिहान नौ बजेबाट सुरु हुनेछ ।  ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा भइरहेको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने छन् । प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटमा पार्टी, अध्यक्षको प्रतिवेदन, जनतासँग सम्बन्ध र समसामयिक विषयमा धारणा राख्ने गरी समय छुट्टाइएको छ  ।

अध्यक्ष केपी शर्मा ओलीले हिजो बैठकमा जानकारी गराएका नौ वटा एजेण्डा मध्ये आठवटाको कारबाही आजबाट सुरु हुनेछ ।

आजको बैठकमा  केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, विभाग गठन, पोलिटव्यूरो, स्थायी कमिटी गठनका एजेण्डा पनि अघि बढाइने छ । यसैगरी, सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासनका सम्बन्धमा बैठकले दृष्टिकोण बनाउने बताइएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरूको मनोनयनपछि बैठकमा धारणा राख्ने क्रम सुरु हुनेछ ।

हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार