बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

भोटेकोशी विपद्लगायतका घटनालाई प्रमाणसहित अन्तर्राष्ट्रियकरण गर्न प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव

राष्ट्रसंघमा प्रस्तुत गर्ने दस्तावेज गहन र तथ्यमा आधारित बनाइएको छ : प्रधानमन्त्री
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ असोज, २०८३ मा प्रकाशित
भोटेकोशी विपद्लगायतका घटनालाई प्रमाणसहित अन्तर्राष्ट्रियकरण गर्न प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव
काठमाडौं, असोज ५ :

नेपाली कांग्रेसले भोटेकोशी विपद् लगायतका घटनालाई अन्तर्राष्ट्रियकरण गर्दा आवश्यक प्रमाण र दाबीसहित सिङ्गो विश्वको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

सोमबार सिंहदरबारमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनको असरका बिषयमा तयार पारिएको धारणा बुझाएका हुन् ।

संयुक्त राष्ट्र संघको महासभामा जाँदै गर्दा प्रधानमन्त्रीको साथमा सिङ्गो देश, सम्पूर्ण नेपाली र प्रमुख प्रतिपक्षी दल एकजुट छ भन्ने बलियो सन्देश दिन खोजिएको उपसभापति शर्माले बताए । साथै जलवायु परिवर्तनले नेपालमा पारेको असरलाई अन्तर्राष्ट्रियकरण गर्दा आवश्यक प्रमाण र दाबीसहित सिङ्गो विश्वको ध्यानाकर्षण गराउन आग्रह गरिएको उनले बताए ।

नेपालले विश्वको १% भन्दा पनि कम मात्र कार्बन उत्सर्जन गर्दा पनि जन्मकैदको सजाय पाएजस्तो ठूलो विपद् र क्षति बेहोर्नु परेको विषय उठाउन सुझाइएको शर्माले उल्लेख गरे ।

त्यस्तैगरि शर्माले नेपालले न्यून कार्बन उत्सर्जन गर्ने सम्पूर्ण साना राष्ट्रहरूको नेतृत्व लिनुपर्ने र सन् २०१५ को पेरिस सम्झौता कार्यान्वयनका लागि ठूला राष्ट्रहरूसँग संयम एवं कूटनीतिक चातुर्यताका साथ गहन संवाद गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको जानकारी दिए ।

औपचारिक सम्बोधन मात्र नभई साइडलाइन वार्ता, लबिङ र मुभमेन्टमार्फत पनि नेपालको पक्षमा विश्वव्यापी ऐक्यबद्धता जुटाउन आग्रह गरिएको उनले बताए । छलफलमा प्रधानमन्त्री शाहले राष्ट्र संघमा प्रस्तुत गर्ने दस्तावेज विज्ञहरूको गहन सुझाव र तथ्यमा आधारित बनाएको जानकारी गराएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार