बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

सक्रिय न्युज · शनिबार, ३ असोज, २०८३ मा प्रकाशित
कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न
काठमाडौं, असोज ३ :

नेपाली काँग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा प्रारम्भ भएको जनाएको छ ।

निर्वाचन कार्यक्रमअन्तर्गत ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, रुकुमपश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली जिल्ला गरी ४३ जिल्लाका तीन हजार ३९६ वडामा अधिवेशनपश्चात निर्वाचन सम्पन्न भएको काँग्रेसको निर्वाचन समितिले जनाएको छ ।

आज सुरु भएको वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनुभएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

यसैगरी, केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक अन्य ३१ जिल्लाको वडा अधिवेशन भोलि असोज ४ गते पनि निरन्तर जारी रहने उनले बताए। 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार