बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
अर्थतन्त्र कर्पोरेट

संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ असोज, २०८३ मा प्रकाशित
संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’
काठमाडौं, असोज २ :

नेपाल टेलिकमले ‘संविधान दिवस २०८३’ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डाटा अफर ल्याएको छ । कम्पनीले संविधान दिवसको अवसरमा ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेज उपलब्ध गराउने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीका अनुसार रु ४९९ (करसहित) मा उपलब्ध ‘अनलिमिटेड लाइट ४९९’ प्याकेजअन्तर्गत ग्राहकले ३० दिनसम्म दैनिक पाँच जिबी डाटा प्रयोग गर्न सक्नेछन् । दैनिक पाँच जिबीको सीमा पूरा भएपछि पनि बाँकी समय दुई एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।

त्यसैगरी, बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि रु ६९९ (करसहित) मा ‘अनलिमिटेड प्रो ६९९’ प्याकेज उपलब्ध गराइएको छ । यस प्याकेजमा ३० दिनसम्म दैनिक १० जिबी डाटा प्रयोग गर्न सकिनेछ । दैनिक १० जिबीको सीमा पूरा भएपछि बाँकी समय तीन एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि भने रेन्टल शुल्कसमेत प्याकेजमै समावेश गरिएको कम्पनीले जनाएको छ । नेपाल टेलिकमका अनुसार संविधान दिवस अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन मात्र उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार