काठमाडौं, असोज २ :

जनमत पार्टीको अध्यक्ष पदमा सिके राउत निर्विरोध भएका छन्। निर्वाचन समितिले प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन गरेअनुसार अध्यक्ष पदमा  राउत निर्विरोध भएका हुन् ।

पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ताको कार्यक्रम सकिएको छ। ७ जना उपाध्यक्ष पदका लागि १४ जना उम्मेदवार छन्। १ महासचिवका लागि ३ जना, १ राष्ट्रिय उपमहासचिवका लागि २ जना र कार्यकारिणी समिति सदस्यका लागि ७३ जनाको उम्मेदवारी परेको छ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन असोज ५ गते हुनेछ।  यही असोज १० गते वीरगञ्जमा महाधिवेशन र मतदान हुने कार्यतालिका रहेको छ। त्यसअघि असोज ९ गते केन्द्रीय कार्यकारिणी समिति बैठक बस्ने जनाइएको छ ।