बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
राजनीति

भोटेकोशी बाढी प्रभावितहरुको पुनर्निर्माण र पुनःस्थानामा कोरियाले सहयोग गर्ने

नौ जना कोरियाली नागरिक अझै सम्पर्कविहीन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ असोज, २०८३ मा प्रकाशित
भोटेकोशी बाढी प्रभावितहरुको पुनर्निर्माण र पुनःस्थानामा कोरियाले सहयोग गर्ने
काठमाडौं, असोज २ :

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे-ख्योङले उनको कार्यकक्षमा आज शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यस अवसरमा उनीहरुबीच नेपाल–कोरिया सम्बन्ध, भोटेकोशी बाढी प्रभावितको उद्धार, पुनःस्थापना तथा सहायताबारे छलफल हुनाका साथै सूचना प्रविधि, ‘डिजिटल’अर्थतन्त्र र कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य गर्नेबारे कुराकानी भएको थियो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले भोटेकोशीको बाढीबाट सिर्जित विपद्को कठिन समयमा नेपाललाई कोरियाबाट प्राप्त सहयोग र सहानुभूतिका लागि आभार व्यक्त गरे । उद्धार तथा खोजीमा कोरियाले विपद् व्यवस्थापन टोली परिचालन गरेकामा आभार व्यक्त गर्दै उनले बाढी प्रभावितका लागि सहयोग तथा पुनर्निर्माण र पुनःस्थानामा सहयोग गर्ने कोरियाली सरकारको प्रतिबद्धताका लागि कृतज्ञता ज्ञापन गरे।

सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाल र कोरियाबीच पारस्परिक सम्मान, समझदारी र सहकार्यमा आधारित मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ विस्तार गर्नुपर्नेमा जोड दिए ।

राजदूत पार्कले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि कोरियाको सहयोग निरन्तर रहने बताए । उनले बाढीमा परेका कोरियाली नागरिकको अवस्थाबारे चासो व्यक्त गरे । राजदूत पार्कका अनुसार कोरियाली सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका १० जना कोरियाली नागरिकको उद्धार गरेको छ भने माथिल्लो त्रिशूली–१ आयोजना क्षेत्रमा रहेका नौ जना कोरियाली नागरिक अझै सम्पर्कविहीन छन् ।

राजदूत पार्कले यही असोज १४ गतेदेखि दक्षिण कोरियामा आयोजना हुने ‘१२औँ ग्लोबल आइसिटी लिडरसिप फोरम’मा  नेपाल र अन्य देशका तर्फबाट हुने सहभागिताबारे सञ्चारमन्त्रीलाई जानकारी दिए ।

दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा तथा नेसनल इन्फरमेसन सोसाइटी एजेन्सीको संयोजनमा हुने उक्त फोरममा नेपाललगायत विभिन्न देशका प्रतिनिधिबीच सूचना प्रविधि तथा कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य एवं आगामी रणनीतिबारे उच्चस्तरीय छलफल हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार