बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ असोज, २०८३ मा प्रकाशित
प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी  समितिको प्रतिवेदन, २०८३’ पेस
काठमाडौं, असोज १ :

प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी  समितिको प्रतिवेदन, २०८३’ पेस गरिएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले  प्रतिनिधिसभाको आजको बैठकमा उक्त प्रतिवेदन पेस गरेका हुन् ।

उनले विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

सभापति ढकालले राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नागरिकलाई राष्ट्र सेवामा लगाउन सकिने विषय विधेयकमा समावेश गरिएको जानकारी दिए ।

यसअघि ३० दफा रहेको उक्त विधेयकका नौ दफामा संशोधन र एउटा दफा परिमार्जन गरी समितिले सर्वसहमतिले पारित गरेको थियो । उक्त विधेयकमाथि १३ जना सांसदले ७८ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार